काठमाडौं—काठमाडौं निर्वाचन आयोग क्षेत्र नं. ४ को कार्यालयमा पुगेर युवा नेता राजन पुरीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
सानै उमेरदेखि अनुशासित, मिलनसार र मेहनती स्वभावका राजन पुरी बुढानीलकण्ठ नगरपालिकाका स्थानीय युवा हुन्। विद्यालय जीवनदेखि नै नेतृत्व क्षमतामा सक्रिय रहेका पुरी अध्ययनकालमै सामाजिक तथा शैक्षिक गतिविधिमा अग्रसर रहँदै आएका छन्।
वि.सं. २०६९ सालमा उनले आफ्नो नेतृत्वमा “बुद्ध वास बोर्न इन नेपाल” अभियान सञ्चालन गर्दै भारतीय दूतावास, काठमाडौंमा पुगेर बुद्ध नेपालमै जन्मिएको तथ्यका पक्षमा आन्दोलन गरेका थिए। यो अभियानले उनलाई एक सचेत र राष्ट्रियताप्रति प्रतिबद्ध युवाका रूपमा परिचित गराएको छ।
कलेज जीवनदेखि नै नेतृत्वमा सक्रिय पुरीले बुढानीलकण्ठ क्षेत्रअन्तर्गत कम सुविधा भएका बस्तीहरू, विशेषतः कपन क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्ने आवाज उठाउँदै निरन्तर संघर्ष गर्दै आएका छन्। सानो–ठूलो कामको भेद नगरी निरन्तर परिश्रममार्फत उनले उक्त क्षेत्रमा आफ्नो स्थायी पहिचान बनाएका छन्।
कपन क्षेत्रका युवाहरूलाई मेहनत, लगनशीलता र निडर भएर श्रम गर्नुपर्छ भन्ने सन्देश दिँदै आएका पुरी स्थानीय युवामाझ प्रेरणाको स्रोतका रूपमा चिनिन्छन्।
सामाजिक गतिविधिमा समेत सक्रिय राजन पुरीले २०७२ सालको भूकम्पदेखि लिएर विभिन्न आपतकालीन अवस्थामा युवाहरू र सर्वसाधारणलाई आर्थिक तथा मानवीय सहयोग गर्दै आएका छन्।
स्थानीय जनतामाझ लोकप्रिय र चिनिएका जय मातृभूमि पार्टीका एक कर्मठ तथा जुझारु युवा नेताका रूपमा राजन पुरीलाई लिइन्छ। जनताको विश्वास र साथसहित उनी यस निर्वाचनमा होमिएका छन्।