भक्तपुर-हिजो भएको नेपाल सभात संघ तथा ‘ताइक्वान्दो आइटिएफ नेपाल’को संयुक्त आयोजनामा तेस्रो नेपाल खुला सभात प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
माघ १६ गते सम्पन्न उक्त प्रतियोगिता भक्तपुरस्थित बास्केटबल हलमा आयोजना गरिएको थियो। प्रतियोगितामा ३१ जिल्लाका राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको सहभागिता रहेको थियो।
महिला तथा पुरुष गरी ३६ तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी वैशाख महिनामा नेपालमा आयोजना हुने सातौँ एसियाली सभात प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने भएका छन्।
कार्यक्रममा नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले सभात खेलको विकास र विस्तारमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमुख अतिथि पूर्व राज्यमन्त्री बिराज बहादुर विष्ट, विशेष अतिथि बागमती खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामा, नेपाल सभात संघका उपाध्यक्ष राजीव कंडेल तथा महासचिव सिद्धि व्यञ्जनकार लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
सन् २०२३ देखि नेपाल सभात खेलमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै यस वर्ष नेपाली खेलाडीहरूले विभिन्न तौल समूहमा विश्व वरियतामा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको जानकारी दिइयो। आगामी वर्षमा अझ बढी खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउने लक्ष्यसहित संघ अगाडि बढिरहेको एशियन सभात कन्फेडेरेसनका बोर्ड डाइरेक्टरसमेत रहेका लक्ष्मण बस्नेतले बताए।
प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडीहरूलाई आगामी दिनमा नेपालमै आयोजना हुने सातौँ एसियाली सभात प्रतियोगितामा सहभागिता गराइने संघले जनाएको छ। समापन समारोहमा प्रमुख अतिथि तथा विशेष अतिथिहरूले पदक र प्रमाणपत्र वितरण गरेका थिए।
नेपालमा पछिल्ला वर्षहरूमा सभात खेलको लोकप्रियता बढ्दै गएको र अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेको संघका पदाधिकारीहरूको भनाइ छ।
तेस्रो नेपाल खुला सभात प्रतियोगिता २०८२
अन्तिम नतिजा
महिला वर्ग
🔹 महिला ९ वर्ष मुनि (२३ के.जी.)
🥇 अनिशा हेंबा – काभ्रेपलाञ्चोक
🥈 बेनिशा पौडेल – काठमाण्डौ
🥉 दृष्टा तुलाधर – भक्तपुर
🔹 महिला ९ वर्ष माथि (२३ के.जी.)
🥇 प्रियशिला तामाङ – भक्तपुर
🥈 रोशा तामाङ – काठमाण्डौ
🥉 स्वस्तिमा थापामगर – ललितपुर
🥉 स्नेहा खड्का – काठमाण्डौ
🔹 महिला ९–११ वर्ष (२७–३० के.जी.)
🥇 अफिता के.एम. – प्यूठान
🥈 नित्या कार्की – काभ्रे
🥉 सोफिया खपाङ्गी मगर – ललितपुर
🔹 महिला ९–११ वर्ष (३१–३५ के.जी.)
🥇 बेनिशा लामा (किकबक्सर) – भक्तपुर
🥈 अनुका थापा (आशीर्वाद) – स्याङ्जा
🥉 अजिता जिम्बा (ज्योति) – काभ्रे
🔹 महिला ९–११ वर्ष (३६ के.जी. माथि)
🥇 तुम्ला मिधकर्मी – काभ्रे
🥈रिशिका बस्नेत – सनकपुर🥉ओसिन राई – भोजपुर🥉 आश्री जिम्बा – काभ्रे