मकवानपुर क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीको तर्फबाट विद्या श्रेष्ठ उम्मेदवार

khabarhubs.com

मकवानपुर — आगामी प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर जिल्ला क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीको तर्फबाट सामाजिक अभियानकर्ता विद्या श्रेष्ठ ले उम्मेदवारी दर्ता गरेकी छन्। विद्या श्रेष्ठ लामो समयदेखि समाज सेवा र विकासका क्षेत्रमा सक्रिय रहँदै आएकी छिन्।

उहाँले उम्मेदवारी दर्ता गर्दै भनेकी छन् कि, “देश बनाउने र समाज सुदृढ गर्ने काममा सबै जनताको सहकार्य आवश्यक छ। म आफ्नै मातृभूमि, मकवानपुरको विकास र जनताको दुःख–सुखका लागि निरन्तर खट्नेछु। निर्वाचन क्षेत्र नं १ का जनता मलाई साथ दिनुभयो भने, म जनताको आवाज प्रतिनिधि सभामा उठाउँदै यहाँको विकास र श्रमको सम्मानमा काम गर्नेछु।”

विद्या श्रेष्ठ क्षेत्रका जनताको हित र सामाजिक न्यायमा प्रतिबद्ध उम्मेदवारको रूपमा परिचित छिन्। उहाँको उम्मेदवारीले मकवानपुर क्षेत्र नं १ का मतदातामा उत्साह र अपेक्षा बढाएको छ।

 “साथ–सहयोगले श्रम गरौं, देश बनाऔं, माटोलाई माया गरौं।”-विद्या श्रेष्ठ 

प्रतिक्रिया