नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक सम्पन्न, विभिन्न निर्णयहरू सार्वजनिक

khabarhubs.com

ललितपुर-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न भएको छ।

बैठकमा महामन्त्री गुरूराज घिमिरेले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए। साथै गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन तथा सुझावका सम्बन्धमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको थियो।

बैठकले संगठनात्मक संरचना सुदृढीकरण, निर्वाचन व्यवस्थापन तथा आन्तरिक समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

प्रमुख निर्णयहरू

बैठकले नेपाली कांग्रेसको विभिन्न समिति तथा संरचनामा नयाँ जिम्मेवारी तोक्दै पुनर्गठन गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति विश्वप्रकाश शर्मा रहने निर्णय गरिएको छ।

निर्वाचन व्यूरोको संयोजकमा उपसभापति पुष्पा भुसाललाई तोकिएको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकमा महामन्त्री प्रदीप पौडेल रहने निर्णय गरिएको छ, जसमा सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहनेछन्।

संगठन परिचालन तथा समन्वय समितिको संयोजकमा महामन्त्री गुरूराज घिमिरे रहने व्यवस्था गरिएको छ।

अन्य राजनीतिक दलहरूसँग संवादका लागि केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा समिति गठन गरिएको छ।

मर्यादाक्रम निर्धारण समिति केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ।

सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि–२०८३ जेठ १ गतेदेखि लागू हुने गरी पारित गरिएको छ।

१५औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नका लागि सभापति गगनकुमार थापालाई पार्टीभित्र संवाद र सहकार्य विस्तार गर्ने जिम्मेवारी दिइएको छ।

बैठकमा उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा आ–आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया