नेपाल राजपत्रमा कार्यालय समय सम्बन्धी नयाँ व्यवस्था प्रकाशित

khabarhubs.com

काठमाडौं-नेपाल सरकार द्वारा प्रकाशित नेपाल राजपत्र अनुसार मिति २०८२ साल चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरूको नयाँ कार्यसमय निर्धारण गरिएको छ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख भएअनुसार अबदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिइनेछ। साथै, कार्यालय समय बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म कायम गरिने निर्णय गरिएको छ।

तर, कात्तिक १६ गतेसम्म भने कार्यालय समय बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म रहने व्यवस्था गरिएको सूचनामा जनाइएको छ।

सरकारको यस निर्णयले कार्यदक्षता अभिवृद्धि गर्ने, कर्मचारीको कार्य–जीवन सन्तुलन सुधार गर्ने तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

उक्त सूचना नेपाल सरकारका सचिव राजकुमार श्रेष्ठद्वारा प्रमाणित गरी राजपत्रमा प्रकाशित गरिएको हो।

प्रतिक्रिया