च्याम्पियनसिपका लागि थाइल्याण्ड प्रस्थानअघि पशुपतिनाथमा दर्शन

khabarhubs.com

काठमाडौं — राष्ट्रिय पुरुष फुत्सल टोलीका खेलाडी तथा अफिसियलहरूले स्याफ (SAFF) फुत्सल च्याम्पियनसिपमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्नुअघि शनिबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी आशिर्वाद लिएका छन्।

टोलीले आजै थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिताअघि धार्मिक आस्था र मनोबल मजबुत बनाउने उद्देश्यले टोलीका सदस्यहरूले भगवान् पशुपतिनाथसँग देशको प्रतिष्ठा उँचो राख्ने प्रदर्शनका लागि प्रार्थना गरेका थिए।

स्याफ फुत्सल च्याम्पियनसिप दक्षिण एशियाली फुत्सलको महत्वपूर्ण प्रतियोगिता मानिन्छ, जहाँ नेपालले यसपटक सशक्त प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य लिएको छ। टोलीका प्रशिक्षक तथा व्यवस्थापन पक्षले खेलाडीहरू शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन्।

प्रतिक्रिया