ललितपुर- ANFA National League 2082 अन्तर्गत आज सम्पन्न खेलमा श्री भगवती क्लबले उत्कृष्ट प्रदर्शन गर्दै नव जन जागृति क्लबलाई ५–१ गोलले पराजित गरेको छ। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको श्री भगवतीले मैदानमा पूर्ण प्रभुत्व जमायो।
खेलको दोस्रो मिनेटमै अजयी मार्टिनले गोल गर्दै श्री भगवती क्लबलाई अग्रता दिलाए। त्यसपछि ३८औँ मिनेटमा सिशिर लेखीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।
४२औँ मिनेटमा सुभाष बामले अर्को गोल थपे भने ५३औँ मिनेटमा सिमन्त थापाले गोल गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्याए। सिशिर लेखीले नै ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै श्री भगवतीको गोल संख्या पाँच पुर्याए।
नव जन जागृति क्लबका लागि बिक्रम ठोकरले ७७औँ मिनेटमा सान्त्वना गोल गरे पनि हार टार्न भने सकेनन्।
यस जितसँगै श्री भगवती क्लबले लिगमा आफ्नो दाबेदारी अझ बलियो बनाएको छ भने नव जन जागृति क्लबले कमजोर रक्षात्मक प्रदर्शनका कारण भारी हार व्यहोर्नुपर्यो।