काठमाडौं, मछिन्द्र फुटबल क्लबले आगामी राष्ट्रिय लिग सिजनका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक (Head Coach) को रूपमा नियुक्त गरेको छ।
यसअघि कटुवालको नेतृत्वमा मछिन्द्र क्लबले नेपाली घरेलु फुटबलमा आफूलाई शीर्ष टिमका रूपमा स्थापित गर्न सफल भएको थियो। उनको प्रशिक्षण अवधिमा मछिन्द्रले एकपछि अर्को गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो। विशेषगरी क्लबले सिजन २०१९–२० र २०२१–२२ मा लगातार लिग उपाधि जित्दै ब्याक–टु–ब्याक च्याम्पियन बन्न सफल भएको थियो।
घरेलु फुटबलमा लामो अनुभव र सफलताको प्रमाणित इतिहास बोकेका प्रशिक्षक कटुवालको आगमनसँगै यस सिजन मछिन्द्रले प्रतिस्पर्धात्मक तथा आशाजनक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। क्लब व्यवस्थापनले उनको नेतृत्वमा टिमले पुनः स्वर्णिम सफलता दोहोर्याउने विश्वास व्यक्त गरेको छ।
२५ पुस २०८२, शनिवार ०७:०७ मा प्रकाशित