नवनिर्वाचित उपसभामुखलाई बधाई, सफल कार्यकालको कामना

khabarhubs.com

काठमाडौं-रुबी कुमारी ठाकुर संघीय संसदको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। धनुषा जिल्लाकी स्थायी बासिन्दा ठाकुर समानुपातिक मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो।नवनिर्वाचित माननीय उपसभामुख रुबी कुमारी ठाकुर लाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।


उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) लगायत विभिन्न दलका सांसदहरूको समर्थन प्राप्त भएपछि उपसभामुख पदमा निर्वाचित हुन सफल हुनुभएको हो। युवा नेतृत्वको प्रतिनिधित्व गर्ने ठाकुर नेपालकै सबैभन्दा कान्छी उपसभामुख बनेको उल्लेख गरिएको छ।
एक सन्देश जारी गर्दै वक्ताले ठाकुरको नियुक्तिले युवा नेतृत्वको प्रतिनिधित्व थप सशक्त भएको उल्लेख गरेका छन्। उनले उपसभामुखको जिम्मेवारी सफल, मर्यादित, प्रभावकारी तथा जनअपेक्षाअनुरूप हुने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा संसदको गरिमा कायम राख्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउन ठाकुरको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ। साथै, संसद सञ्चालनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उनको योगदान रहने विश्वास समेत व्यक्त गरिएको छ।

नवनिर्वाचित उपसभामुख ठाकुरलाई विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता तथा सर्वसाधारणबाट शुभकामना आइरहेका छन्।

प्रतिक्रिया