नेपाल तेक्वान्दो संघ र ANSF बीच ऐतिहासिक सम्झौता, तेक्वान्दो खेलको भविष्य थप मजबुत हुने

khabarhubs.com

ललितपुर—नेपालमा तेक्वान्दो खेलको समग्र विकास र प्रवर्द्धनका लागि नेपाल तेक्वान्दो संघ (NTA) र ANSF बीच महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

यस सम्झौताले देशभर तेक्वान्दो खेलको संरचना मजबुत बनाउँदै खेलाडी उत्पादन, तालिम प्रणाली, प्रतियोगिता सञ्चालन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार पार्न ठोस योगदान पुग्ने विश्वास गरिएको छ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार घिसिङले यस सम्झौताले अब नेपालका सबै जिल्लामा तेक्वान्दो गतिविधि थप व्यवस्थित हुने बताउँदै भने,

“यस सम्झौताबाट आगामी दिनमा जिल्ला–जिल्लामा राम्रो वातावरण तयार हुनेछ, खेलाडीहरूले अवसर पाउनेछन् र तेक्वान्दो खेलाडीको भविष्य अझ उज्यालो बन्नेछ।”

उक्त सम्झौता नेपाली तेक्वान्दोको दीर्घकालीन विकासका लागि कोशेढुंगा सावित बन्ने छ |

प्रतिक्रिया