राप्रपाको समानुपातिक बन्दसूची सार्वजनिक

khabarhubs.com

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। निर्वाचन आयोगले आइतबार राप्रपाबाट समानुपातिक प्रणाली अन्तर्गतका कुल ११० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।

निर्वाचन आयोगद्वारा प्रकाशित सूचीअनुसार राप्रपाले विभिन्न समावेशी समूहअन्तर्गत उम्मेदवारहरूको नाम क्रमबद्ध रूपमा पेश गरेको छ। खसआर्य महिला समूहमा खुश्बु ओली पहिलो नम्बरमा सूचीकृत भएकी छन् भने खसआर्य पुरुष समूहमा भरत गिरी पहिलो नम्बरमा रहेका छन्।

सार्वजनिक बन्दसूचीमा आदिवासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिम तथा खसआर्य समूहका महिला र पुरुष उम्मेदवारहरू समेटिएका छन्। सूचीमा उम्मेदवारको पूरा नाम, मतदाता नम्बर, लिङ्ग, समावेशी समूह तथा नागरिकता जारी जिल्ला उल्लेख गरिएको छ।

निर्वाचन आयोगले राप्रपासहित अन्य राजनीतिक दलहरूको पनि समानुपातिक तर्फका बन्दसूची क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ। आयोगका अनुसार बन्दसूची सम्बन्धी दाबी–आपत्ति, संशोधन तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया कानुनअनुसार अगाडि बढाइनेछ।

प्रतिक्रिया