एरिका गुरुङले WKF Karate One Premier League मा ऐतिहासिक सफलता हासिल गरिन्

khabarhubs.com

काठमाडौं-सम्पूर्ण नेपालका लागि गर्वको क्षण आएको छ। एरिका गुरुङले टर्कीको इस्तानबुलमा आयोजित WKF Karate One Premier League मा रजत पदक जित्दै नेपाली करातेको इतिहासमा फेरि एक पटक स्वर्णिम अध्याय थपेकी छन्।

उनको अदम्य साहस, अथक मेहनत र निरन्तर समर्पणले नेपालका लागि यो ऐतिहासिक उपलब्धि हासिल भएको हो। यो केवल एउटा पदक मात्र होइन—वर्षौंको संघर्षको प्रतिफल र सपनाहरू साकार भएको क्षण पनि हो।

प्रतियोगितामा एरिकाले यसरी उत्कृष्ट प्रदर्शन गरिन्:

Tree Pool 5: समूह चरणमा ६ अंकसहित शीर्ष स्थान

🇳🇵 2-1 🇨🇱

🇳🇵 2-2 🇯🇵

🇳🇵 5-3 🇨🇿

Q. Final: 🇳🇵 5-1 🇨🇾

Semi-Final: 🇳🇵 4-1 🇬🇧

Final: 🇳🇵 2-4 🇰🇿

यसरी एरिकाले उत्कृष्ट प्रर्दशन गर्दै इतिहासमा दोस्रो स्थान हासिल गरिन्।

उनकी सफलता मा कोच कुशल श्रेष्ठ को बुद्धिमत्ता, दृष्टि र मार्गदर्शनको महत्वपूर्ण भूमिका रहेको थियो।

Manamaiju Dojo Nepal र सम्पूर्ण नेपाली कराते समुदायले एरिका गुरुङलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरेका छन्।

प्रतिक्रिया