काठमाडौं-सहिदहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै आज देशभर सहिद दिवस मनाइँदैछ। सहिदहरूको रगतले सिँचिएको यो माटो हामी सबैको साझा जिम्मेवारी भएको भन्दै विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
यसैबीच, मधेश प्रदेश सरकारले सहिद दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनाअनुसार सहिदहरूको योगदानको उच्च सम्मान गर्दै माघ पूर्णिमाका दिन सार्वजनिक बिदा दिइएको हो।
सहिदहरूको त्याग र बलिदानकै कारण आजको स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकार सम्भव भएको भन्दै प्रदेश सरकारले सबैलाई सहिदहरूले देखाएको मार्गमा अघि बढ्न आह्वान गरेको छ।
१६ माघ २०८२, शुक्रबार ०७:४८ मा प्रकाशित