म्याग्दी— नेपालका लोकप्रिय वैज्ञानिक र युवाप्रेरक नेता, शिक्षा मन्त्री महावीर पुनले आज म्याग्दी जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएका छन्।
उनले बिहान १०:०५ बजे निर्वाचन आयोग म्याग्दीमा हाजिर भई नाम दर्ता गर्नु भएको थियो भने १०:४५ बजे मनोनयन पत्र बुझाइयो। यसैसँगै उहाँ ७७ वटै जिल्लामा उम्मेदवारको नाम दर्ता गर्ने क्रममा पहिलो हुनु भएको छ।
महावीर पुनले आफ्नो फेसबुक मार्फत म्याग्दीका जनतालाई जानकारी दिँदै चुनाव प्रचार कार्यक्रम पनि सार्वजनिक गर्नुभएको छ। आज बेलुकी दरवाङ बजारमा उहाँ उपस्थित हुनुहुनेछ। भोली, १० बजे मुना गाउँ, १२ बजे मुदी गाउँ, २ बजे सिबाङ गाउँ, र ४ बजे ताकम गाउँमा चुनावी प्रचार कार्यक्रम सञ्चालन हुनेछ।
जनता स्वतन्त्र रूपमा खुला चौरमा उहाँको भाषण सुन्न र आफ्नो आत्मकथा पुस्तक किन्न आउन सक्नेछन्। महावीर पुनले भने, "कुनै मञ्च बनाउनु पर्दैन।"