२५ औँ ‘आहा ! रारा पोखरा गोल्डकप’ फेब्रुअरी १० देखि २१ सम्म

khabarhubs.com

पोखरा-सबै कुरा योजनाअनुसार अघि बढेमा २५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप यस वर्ष पहिलोपटक फ्लडलाइटमा सञ्चालन हुने भएको छ।

आगामी फेब्रुअरी १० देखि २१ सम्म हुने प्रतियोगिताका लागि पोखरा रंगशालामा फ्लडलाइट जडान गर्ने तयारी तीव्र पारिएको आयोजक स्रोतले जनाएको छ। प्रतियोगिताका खेलहरू साँझको समयमा सञ्चालन गर्ने लक्ष्यसहित मिनी फ्लडलाइट प्रयोग गर्ने सम्भावना रहेको बताइएको छ।

यस वर्षको रजत जयन्ती संस्करण मा करिब १२ टोली सहभागी हुनेछन्। जसमा२ विदेशी क्लब

त्यसमध्ये एक व्यावसायिक (प्रोफेसनल) क्लब ASEAN क्षेत्रबाट सहभागी हुने पक्का भएको छ।

फ्लडलाइटमा खेल सञ्चालन भएमा दर्शकको संख्या बढ्ने र प्रतियोगिताको रोमाञ्च थप उचाइमा पुग्ने विश्वास आयोजकले गरेका छन्।

प्रतिक्रिया