हालै गरेको पोस्टले नारीप्रतिको समाजको व्यवहारप्रति गहिरो प्रश्न उठाएको छ।
उहाँको भनाइ अनुसार,
यो समाजले महिलालाई सधैं पुरुषको वरिपरि मात्र घुम्ने, आफ्नो दुःख-कष्ट, भोक-निन्द्रा-प्यास र परिवारप्रतिको दायित्व त्यागेर पनि अरूलाई खुशी पारिरहने पात्रको रूपमा मात्र हेर्न चाहन्छ।
जति नै समय, श्रम र माया समाजका लागि अर्पण गरे पनि अन्त्यमा महिलालाई “हप्तामा एक दिन पूजा” गरेर कर्तव्य पूरा गरेको अनुभूति गर्ने प्रवृत्ति अझै पनि व्याप्त रहेको उहाँको गुनासो छ।
यस पोस्टमार्फत ले महिलालाई
सम्मान केवल शब्दमा होइन व्यवहारमा चाहिन्छ,नारीलाई देवता बनाएर होइन, स्वतन्त्र, सक्षम र सम्मानित नागरिकको रूपमा हेर्नुपर्छ भन्ने सशक्त सन्देश दिन खोज्नुभएको देखिन्छ।
आशिकाको स्टाटसहरूले नेपाली समाजको दोहोरो चरित्र उदाङ्गो बनाइदिएको छ –
बोल्नेलाई दोषी बनाउने र सहनेलाई मात्र “असल” ठान्ने संस्कार।
उनको लेखाइले धेरैलाई असजिलो बनाएको छ, तर यही असजिलोपन नै परिवर्तनको सुरुवात हो।
ऐनामा आफूलाई हेर्न कसैलाई मन पर्दैन, तर ऐना नहेरी अनुहार सुधारिँदैन।
आज आशिका तामाङ केवल एक व्यक्ति होइनन्,
उनी ती हजारौँ आवाज हुन्, जो बोल्न डराउँछन् तर भित्रभित्रै जल्दैछन्।
सत्य बोल्नु अपराध होइन,
सत्य लुकाउनु नै समाजको वास्तविक अपराध हो।