काठमाडौं — स्वागत नेपाल अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध भएका छन्। पार्टीका अध्यक्षले भने, “नेता स्वागत नेपाललाई राप्रपामा जोड्ने र झापा २ बाट उम्मेदवार बनाउने पुरानो धोको पूरा भएको छ। अब यो प्रखर व्यक्तित्वलाई संसदमा पुर्याउने धोको झापा २ का आदरणीय मतदाताले पूरा गर्नेछन् भन्ने विश्वास लिएको छु।”
उक्त अवसरमा टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी, एकमणि खनाल लगायतलाई स्वागत गर्दै खुशी व्यक्त गरिएको छ।
अध्यक्षले मतदातालाई अपिल गर्दै भने, “देश बचाउन र बनाउन हलो चिन्हमा मतदान गर्नुहोस्!”
५ माघ २०८२, सोमबार ०६:०६ मा प्रकाशित