गृह मन्त्रालयद्वारा राष्ट्रिय सुरक्षा र नागरिकता सम्बन्धी सूचना जारी

khabarhubs.com

काठमाडौं-नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय सुरक्षा प्रणाली, शान्ति–सुरक्षा व्यवस्थापन तथा नागरिकता सम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयन बारे सूचना जारी गरेको छ।

सूचनामा अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा फोटोसहितको नागरिकता प्रमाणपत्र वितरण निर्देशिका, २०८० कार्यान्वयनमा रहेको उल्लेख गरिएको छ।

निर्देशिकाअनुसार नागरिकता प्रमाणपत्र बनाउँदा जन्म दर्ता, बाबु–आमाको विवरण, बसोबास, नाम, थर, उमेर, फोटो, हस्ताक्षर तथा औँठाछाप लगायतका विवरणहरू अनिवार्य रूपमा जाँच गरिने व्यवस्था छ।

गृह मन्त्रालयले झुट्टा विवरण, किर्ते कागजात, गलत सूचना प्रयोग गरी नागरिकता लिने वा दिलाउने कार्य कानुन विपरीत भएको भन्दै यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने स्पष्ट पारेको छ।

त्यसैगरी, नेपालको नागरिकता ऐन, २०६३ तथा नियमावली, २०६३ (संशोधनसहित) अनुसार मात्र नागरिकता वितरण हुने र कानुन विपरीत कार्य भएमा कानुनी कारबाही हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नागरिकता सम्बन्धी कार्य गर्दा कानुन, विधि र प्रक्रिया पालना गर्न सबै सम्बन्धित निकाय तथा नागरिकलाई अनुरोध गरेको छ।

सूचना २०८२ माघ १५ गते जारी गरिएको हो।

प्रतिक्रिया