महोत्तरी-जलेश्वर-बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा र बखरीचोकको बीचमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भीषण दुर्घटना भएको छ।
SEE परीक्षा दिएर फर्किंदै गरेका युवाहरू सवार मोटरसाइकलहरू एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। टक्करपछि मोटरसाइकलमा आगलागी हुँदा ३ जना युवकको घटनास्थलमै जलेर दुःखद् मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी प्रारम्भिक उपचारपछि अंचल अस्पताल जनकपुरमा रेफर गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
स्थानीयवासीले सडक सुरक्षा र सावधानी अपनाउन आग्रह गरेका छन्।
२३ चैत २०८२, मङ्गलबार ०६:३८ मा प्रकाशित