बिशेष महाधिवेशनको पहिलो दिन : कांग्रेसको ऐतिहासिक संकल्प

khabarhubs.com

काठमाडौं – नेपाली कांग्रेसको बिशेष महाधिवेशनको पहिलो दिन देशभरबाट आएका हजारौँ कांग्रेस कार्यकर्ता तथा नेताहरू काठमाडौंको भृकुटीमण्डपमा भेला भएका छन्।

महाधिवेशनको पहिलो दिन सबै ७७ जिल्लाबाट उपस्थित प्रतिनिधिहरूले आगामी निर्वाचनमा एकताबद्ध भएर कांग्रेसलाई पुनः सत्तामा पुर्‍याउने र इतिहास रच्ने संकल्प गरेका छन्।

आज बिहानैदेखि पुनः भृकुटीमण्डपमा भेला हुनका लागि पार्टी नेतृत्वले सबै प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आह्वान गरेको छ। महाधिवेशनले संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी चुनावी रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

पार्टीका शीर्ष नेताहरूले देशमा लोकतन्त्र, सुशासन र विकासका लागि कांग्रेसको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया