प्रधानमन्त्री सुशील कार्कीद्वारा सहिद दिवसमा श्रद्धाञ्जली

khabarhubs.com

काठमाडौं–प्रधानमन्त्री सुशील कार्की ले आज सहिद दिवस को अवसरमा देशका सबै सहिद तथा जेनजी आन्दोलनका वीर योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूलाई हामी सदैव सम्झन्छौँ। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूको साहस र समर्पणले नै आज हाम्रो देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ।”

प्रधानमन्त्री कार्कीले जोड दिनुभयो कि अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् र शासकीय मूल्य, नैतिकता तथा नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको सधैं स्मरणमा रहोस्। उहाँले थप भन्नुभयो, “देश, जनता र जवाफदेही व्यवस्थाका निम्ति आफ्नो प्राणको आहुति दिनुभएका महान् योद्धाहरूप्रति हामी सधैं कृतज्ञ छौँ।”

प्रधानमन्त्रीको यो सन्देशले सहिदहरूको बलिदान सम्झँदै नागरिक अधिकार, लोकतन्त्र र जिम्मेवार शासनको महत्वलाई पुनः पुष्टि गरेको छ।

प्रतिक्रिया