ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ललितपुर जिल्ला अन्तर्गत ललितपुर महानगरपालिका अधिवेशनमा सयौंको संख्यामा नयाँ सदस्यहरूले पार्टी प्रवेश गरेका छन्।
पार्टी संगठन विस्तार तथा सहभागितामूलक नेतृत्व विकासको उद्देश्यले आयोजना गरिएको उक्त अधिवेशन सभ्य र भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न वडाबाट आएका युवाहरू, सामाजिक अभियन्ता तथा पेशाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पार्टी प्रवेश गर्ने सम्पूर्ण नयाँ सदस्यहरूलाई हार्दिक स्वागत गर्दै आज निर्वाचित हुने महानगर समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रमले ललितपुर महानगर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।
२५ पुस २०८२, शनिवार ०६:१७ मा प्रकाशित