गोविन्द गिरीको देशव्यापी सन्देश : कुशासनविरुद्ध गोलमेच सम्मेलनको आह्वान

khabarhubs.com

काठमाडौं । नेपालवादी “जय मातृभूमि” पार्टीका नेता गोविन्द गिरीले वर्तमान संसदीय प्रणालीका कारण देश राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, न्यायिक तथा उत्पादन संस्कृतिसमेत लथालिङ्ग बनेको आरोप लगाउँदै सरकारलाई सबै दल र जेनजी सहभागी गोलमेच सम्मेलन गर्न माग गर्नुभएको छ।

उहाँले २०८१ फागुन १० देखि २५ गतेसम्म देशव्यापी रूपमा भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध “झाडु–कुचो अभियान” सञ्चालन गरिएको स्मरण गराउँदै, सरकारबाट सुशासनका मागहरूलाई बेवास्ता गरिएको बताउनुभयो। त्यसपछि २०८२ भदौमा जेनजी युवाहरूको विद्रोहका कारण कुशासनको पर्खाल ढलेको र आन्दोलनकै बलमा संविधानसम्मत नभई सुशिला सरकार बनेको उहाँको भनाइ छ।

गिरीले भने, “यसरी बनेको सरकारको दायित्व केवल दुई वर्ष अघिको संसदीय चुनाव दोहोर्याउनु मात्र होइन, नवयुवाहरूको विद्रोह र आमनागरिकको भावना, मर्म र मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्नु हो।”

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर देशवासीका नाममा सन्देश जारी गर्दै उहाँले “राष्ट्र बचाऔं, राष्ट्र निर्माण गरौं र राष्ट्रलाई माया गरौं” भन्ने मूल नारासहित सबैको जय होस्, जय मातृभूमि भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया