काठमाडौं-नेपाल प्रहरीले आउँदो निर्वाचनलाई लक्षित गर्दै देशभरका विभिन्न जिल्लामा निर्वाचन प्रहरी (Election Police) का लागि आवेदन दर्ता सुरु गरेको छ।
यस अभियानअन्तर्गत नेपालभरका इच्छुक तथा योग्य युवायुवतीहरूले आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय (Police Station) मा गई आवश्यक कागजातसहित आवेदन फाराम भर्न सक्नेछन्।
आवेदन किन आवश्यक ?
आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। सुरक्षालाई प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक परेकाले नेपाल प्रहरीले यो प्रक्रिया अघि बढाएको हो।
कसले आवेदन दिन सक्छन् ?
नेपाली नागरिक शारीरिक रूपमा सक्षम
अनुशासित र जिम्मेवार युवायुवतीप्रहरीद्वारा तोकिएको मापदण्ड पूरा गरेका व्यक्ति
कहाँ र कसरी फाराम भर्ने ?
आफ्नो नजिकको :जिल्ला प्रहरी कार्यालय
इलाका प्रहरी कार्यालय प्रहरी चौकीमा गई निर्वाचन प्रहरीको आवेदन फाराम भर्न सकिन्छ।
नेपालमा हुन गइरहेको निर्वाचनका लागि सुरक्षा निकायले यसरी तिव्र तयारी थालेको देखिन्छ। युवाहरूका लागि यो राष्ट्रसेवामा योगदान दिने महत्वपूर्ण अवसर हो।
इच्छुक युवाहरू समयमै आफ्नो जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।