नेपाली संगीत तथा चलचित्र क्षेत्रका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङ अब न रहेका छन्। उनी ११ जनवरी २०८३ (२०२६) मा दिल्ली, आफ्नै निवासमा निधन भएका हुन्। प्रारम्भिक जानकारी अनुसार तामाङलाई हृदयाघात (हार्ट अट्याक) का कारण मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
प्रशान्त तामाङ नेपाली सिनेमा तथा गीत–संगीत जगतमा निकै लोकप्रिय कलाकारका रूपमा चिनिएका थिए। उनले सन् २००७ मा इन्डियन आइडल सिजन ३ जितेर जनप्रियता प्राप्त गरेका थिए र त्यसपछि नेपाली चलचित्रमा पनि अभिनय तथा संगीत मार्फत आफ्नो पहिचान बनाएका थिए।
कलाकारको निधनले संगीत तथा चलचित्र प्रेमीहरुमा ठूलो दुःख र शोक फैलिएको छ।
२६ पुस २०८२, आईतबार १२:११ मा प्रकाशित