काठमाडौं-डाक्टर ड्यानिएल मेउली (नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत) ले आज परराष्ट्र मन्त्रालयमा शिशिर खनाल (परराष्ट्र मन्त्री) सँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा राजदूत मेउलीले स्विस महासंघका संघीय परिषद् (परराष्ट्र मन्त्री) इग्नाजियो क्यासिस का तर्फबाट मन्त्री खनाललाई परराष्ट्र मन्त्री नियुक्त भएकोमा शुभकामना तथा बधाई सन्देश व्यक्त गर्नुभयो।
दुवै पक्षबीच नेपाल र स्विट्जरल्याण्डबीचको दीर्घकालीन मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
२३ चैत २०८२, मङ्गलबार ०६:४८ मा प्रकाशित