काठमाडौं-राष्ट्रिय तेक्वान्दो संघ नेपाल, काठमाडौं जिल्ला अन्तर्गत ब्ल्याक बेल्ट पहिलो, दोस्रो तथा तेस्रो डानको ग्रेडिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
ग्रेडिङ कार्यक्रममा काठमाडौं जिल्लाभित्रका विभिन्न डोजाङ तथा क्लबबाट सहभागिता जनाएका खेलाडीहरूले आफ्नो सीप, अनुशासन र मेहनत प्रस्तुत गर्दै उच्च स्तरको प्रदर्शन गरेका थिए।
यस अवसरमा ग्रेडिङमा सहभागी खेलाडीहरूले यस्तो महत्वपूर्ण अवसर प्रदान गरेकोमा काठमाडौं जिल्ला कमिटि तथा सम्पूर्ण गुरुहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले भने, “हामीलाई ब्ल्याक बेल्ट डान ग्रेडिङमा सहभागी हुने मौका दिनु भएकोमा काठमाडौं जिल्ला कमिटि तथा सम्पूर्ण गुरुहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं। यहाँहरूकै मार्गदर्शन, प्रेरणा र समर्थनका कारण हामी अझ अगाडि बढ्न उत्साहित भएका छौं।”
कार्यक्रमले काठमाडौं जिल्लामा तेक्वान्दोको स्तर अभिवृद्धि गर्दै नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।