झापा-हिमाबी क्रिकेट ट्रेनिङ सेन्टरको U-13 टोली Indo-Nepal T20 Champions Trophy मा सहभागिताका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ। युवा खेलाडीहरूको यो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने लक्ष्य लिएको छ।
टोलीको कप्तानी प्रिन्स गुरागाईं (कप्तान) ले गर्नेछन् भने उपकप्तान तथा विकेटकिपरको जिम्मेवारी प्रज्वल दुलाल (उपकप्तान, विकेटकिपर)ले सम्हाल्नेछन्।
टोली (U-13 Squad)
1१-प्रिन्स गुरागाईं (कप्तान)
२-प्रज्वल दुलाल (उपकप्तान, विकेटकिपर)
३-बदन्त भट्टराई
४-रियान पौडेल
५-आर्यन कार्की
६-गौरव रेग्मी
७-लक्ष्मण भट्टराई
८-सोहन खटिवडा
९-ईशान राई
१०-रुपक कार्की
११-निरज सुवेदी
१२-कश्यप खनाल
१३-अनुभव ढुंगाना
१४-नयन लिम्बु
उक्त प्रतियोगिता अर्जुनधारा नगरपालिका को आयोजनामा सम्पन्न हुने जनाइएको छ।
यस प्रतियोगितामार्फत युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ। प्रशिक्षक तथा अभिभावकहरूले खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न र उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेका छन्।
हिमाबी क्रिकेट ट्रेनिङ सेन्टरले ग्रासरुट क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ, जसले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने विश्वास लिइएको छ।