गुल्मी-धुर्कोट गाउँपालिका–७ वाग्ला फुलबारीमा रुख काट्ने क्रममा घाइते भई करिब ३० मिटर उचाइमा रुखमै अड्किएका ३४ वर्षीय मुक्त बहादुर कुमाललाई प्रहरीले सकुशल उद्धार गरेको छ।
घटनापछि खटिएको प्रहरी टोलीले कुमाललाई सुरक्षित रूपमा तल झारी तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उद्धारपछि उनको अवस्था सामान्य रहेको बताइएको छ।
२ बैशाख २०८३, बिहिबार ०६:४७ मा प्रकाशित