काठमाडौं-शिक्षित, परिपक्व र सालिन नेतृत्वले देश सञ्चालन गर्दा कस्तो फरक पर्छ भन्ने उदाहरण वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले प्रस्तुत गरेको टिप्पणी सार्वजनिक भएको छ।
टिप्पणीअनुसार प्रधानमन्त्री कार्कीले कार्यकालभरि कसैमाथि आरोप–आक्षेप नगरेको, विचौलिया वा माफियालाई संरक्षण नगरेको, तडक–भडक र अनावश्यक उद्घाटन तथा रिबन काट्ने कार्यक्रममा नहिँडेको उल्लेख छ। विषम परिस्थितिका बाबजुद पनि उनले तोकिएकै मितिमा निर्वाचन गराउने प्रतिबद्धता कायम राखेको बताइएको छ।
राजनीतिक दलहरूलाई विश्वस्त बनाउँदै र युवापुस्ता (जेन–जी) लाई पनि संयमित राख्न सफल भएको दाबी गरिएको छ। प्रधानमन्त्रीले संवाद र धैर्यलाई प्राथमिकता दिएको, कसैप्रति कटु शब्द प्रयोग नगरेको तथा ठूला मिडियामा ‘ठूला गफ’ नगरेको टिप्पणीमा उल्लेख छ।
सरकारका केही मन्त्रीहरूले चिया–खाजाको भरमा सीमित काम गरेर बसेको अवस्थाबीच आवश्यक योगदान दिन नसक्ने केही मन्त्रीहरूले राजीनामा दिएको जनाइएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनसम्म योगदान गर्ने सबै मन्त्रीहरूलाई धन्यवाद दिएको र शिक्षा मन्त्री महावीर पुनले समय अभावका कारण लागू गर्न नपाएका नेपालहितका दुई विषयमा माफी मागेको पनि उल्लेख छ। शिक्षामन्त्री महावीर पुनले समय अभावका कारण देशहितका दुई महत्वपूर्ण नीति लागू गर्न नसकिएको भन्दै प्रधानमन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना समेत गरेकी छन्।
प्रधानमन्त्रीले जनतासँग मिलेर निर्वाचन सफल बनाउन आह्वान गर्दै, पूरा भएका तथा बाँकी रहेका कामहरूको जानकारी गराएको र बाँकी काम आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेको भनिएको छ। साथै, सबै नागरिकलाई अनिवार्य रूपमा मतदानमा सहभागी हुन अनुरोध गरिएको छ।