साफ U-19 महिला च्याम्पियनसिपअघि प्रि–म्याच प्रेस कन्फ्रेन्स

khabarhubs.com

पोखरा-साफ U-19 महिला च्याम्पियनसिप २०२६ अघि प्रि–म्याच प्रेस कन्फ्रेन्स सम्पन्न भएको छ। प्रतियोगिता यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुँदैछ।

यो प्रतियोगिता कास्की जिल्लाको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला पोखरा रंगशालामा हुन लागेको हो। दक्षिण एसियाली फुटबल महासंघ (SAFF) तथा अखिल नेपाल फुटबल संघ (ANFA) को आयोजनामा हुन लागेको प्रतियोगितामा चार देश सहभागी हुनेछन्।

प्रतियोगितामा

🇳🇵 नेपाल

🇧🇹 भुटान

🇧🇩 बंगलादेश र

🇮🇳 भारत सहभागी छन्।

प्रि–म्याच प्रेस कन्फ्रेन्समा सहभागी टोलीका प्रशिक्षक तथा कप्तानहरूले प्रतियोगिताप्रति उत्साह व्यक्त गर्दै राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजकले प्रतियोगिताले नेपाली महिला फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया