काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का सभापति तथा पूर्व उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जनकपुरमा आयोजित एक कार्यक्रममा लडेपछि चोट लागी उपचारका क्रममा २०८२ माघ १३ गते त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भर्ना भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार चोटपटकपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि सेलुलाइटिस (Cellulitis) देखिएको थियो। हाल उनी हाडजोर्नी (Orthopedic) विभाग अन्तर्गत भर्ना भई
# IV एन्टिबायोटिक्समार्फत उपचार भइरहेको
# र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले स्पष्ट पारेको छ।
यसैबीच, सामाजिक सञ्जालमा प्रसारित केही तस्बिरहरू त्रिवि शिक्षण अस्पतालका नभएको भन्दै अस्पताल प्रशासनले ती समाचार तथा पोस्टप्रति ध्यानाकर्षण गराएको छ। भ्रामक तथा अपुष्ट सूचनाको पछि नलाग्न अस्पतालको व्यवस्थापन टोलीले सबैलाई आग्रह गरेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईं द्वारा जारी विज्ञप्तिमा रवि लामिछानेलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
उक्त विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत स्पष्ट सूचना प्रकाशित गर्दै भ्रामक समाचारको खण्डन गरेको छ।
स्रोत:
*त्रिवि शिक्षण अस्पतालको आधिकारिक विज्ञप्ति
*राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को आधिकारिक फेसबुक पेज