काठमाडौं-आज देशभर विभिन्न कार्यक्रमका साथ सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको छ। विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिएअनुसार, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष माघ १४ गतेलाई सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसका रूपमा मनाइने व्यवस्था गरिएको छ। उक्त निर्णय २०८१ पुस १६ गते भएको थियो।
दिवसका अवसरमा वित्तीय अनुशासन, पारदर्शिता र अवैध आर्थिक गतिविधि नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदैछन्।
१४ माघ २०८२, बुधबार ०७:१६ मा प्रकाशित