पृथ्वी जयन्तीको अवसरमा पारस बम ठकुरीको देशप्रेमी सन्देश

khabarhubs.com

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा अभिनेता, गायक, समाजसेवी तथा टिकटक स्टार पारस बम ठकुरीले देशप्रेम र राष्ट्रिय एकताको सन्देश दिनुभएको छ।उहाँले सामाजिक सञ्जालमार्फत

“नागरिक धनी भए भने देश बलियो हुन्छ ।

राजाको गोदाम भनेकै जनता नै हो ।

म भन्दा माथि मेरो देश,

म भन्दा प्यारो मेरो देश”

भन्दै शुभकामना व्यक्त गर्नुभएको हो।

पारस बम ठकुरीले पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, आपसी सद्भाव र देशप्रतिको जिम्मेवारी सधैं कायम राख्न सबैलाई आग्रह गर्नुभएको छ।उहाँको सन्देशले युवापुस्तामा देशप्रेम र एकताको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

पृथ्वी जयन्तीको शुभकामना व्यक्त गर्दै उहाँले “एकता बनाई राखौं” भन्ने सन्देश पनि दिनुभएको छ। 

प्रतिक्रिया