राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रधानमन्त्रीलाई सिफारिस, मन्त्रीमाथि कारबाहीको माग

khabarhubs.com

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीविरुद्ध कारबाही गर्न प्रधानमन्त्रीसमक्ष औपचारिक सिफारिस गरेको छ।

पार्टी सभापति रवि लामिछाने द्वारा हस्ताक्षरित पत्रमा मन्त्रीले पदको दुरुपयोग गरेको आरोप उल्लेख गरिएको छ। पत्र अनुसार, मन्त्रीले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गराउने प्रयास गरेको विषय पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट पुष्टि भएको जनाइएको छ।

उक्त गतिविधिले पार्टीको छवि, आदर्श र सिद्धान्तमाथि आँच पुर्‍याएको ठहर गर्दै RSP ले आवश्यक कारबाहीका लागि सरकारलाई आग्रह गरेको हो। पार्टीले यो विषयमा गम्भीरता नदेखिएको भन्दै सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट हटाउन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लाई सचेत गराउन समेत सिफारिस गरेको छ।

पत्रमा पार्टी विधानअनुसार “राइट टु रिकॉल” (पदबाट फिर्ता बोलाउने अधिकार) प्रयोग गर्न सकिने उल्लेख गर्दै यस्तो गम्भीर विषयमा तुरुन्त निर्णय लिनुपर्ने जोड दिइएको छ।

RSP को यो कदमले सरकारभित्र थप राजनीतिक दबाब सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया