उज्यालो नेपाल पार्टी अन्य कुनै पनि पार्टीसँग एकीकरण नहुने – अध्यक्षद्वारा स्पष्ट

khabarhubs.com

काठमाडौं-विभिन्न सामाजिक सञ्जालमा उज्यालो नेपाल पार्टी र पार्टीका अध्यक्षको नाम जोडेर अन्य राजनीतिक दलहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य भएको अध्यक्षले स्पष्ट गर्नुभएको छ।

पार्टी अध्यक्षले जारी गर्नुभएको विज्ञप्तिमा उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ।

उहाँले केही व्यक्तिहरू तथा समूहहरूले पार्टीको छवि धुमिल पार्ने उद्देश्यले सामाजिक सञ्जालमा निराधार तथा भ्रमपूर्ण समाचार फैलाइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता हल्लामा विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।


साथै, पार्टीले आधिकारिक सूचना तथा निर्णयहरू केवल पार्टीको औपचारिक माध्यमबाट मात्र सार्वजनिक गरिने भएकाले कुनै पनि अप्रमाणित स्रोतबाट आएका समाचारलाई सत्य नमान्न अध्यक्षले सबै कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया