काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले राष्ट्रिय संकटको बेला नेतृत्व दिन सक्ने नेता पुष्पकमल दाहाल प्रचण्ड भएको जिकिर गरेका छन् । राष्ट्रियसभा गृहमा बुधबार आयोजित एकता समायोजन कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले संकटको बेला भाग्ने कांग्रेस र एमालेको पछि लागेर समाधान नहुने उनको जिकिर गरेका हुन् ।
‘राष्ट्रिय संकटको बेला प्रचण्डको नाम लिन्छ । जनयुद्ध र जनआन्दोलनलाई फ्युजन गर्नुपर्ने माधव र झलनाथ खनाल हुन् । जनतालाई समस्या नेतृत्व नदिने कांग्रेस र एमालेलाई भोट दिएर हुँदैन । स्याल जतिसुकै तन्नेरी भए पनि केही हुँदैन । कांग्रेस र एमाले गनाइसकेको छ’, उनले भने ।
सङ्घीयता, राष्ट्रियता र समावेशीको रक्षाका लागि सबै जना नेकपामा समायोजन हुन श्रेष्ठले आग्रह गरे ।
० माघ २०८२, बुधबार ०३:२३ मा प्रकाशित