काठमाडौं – नेपाली फुटबलका होनहार खेलाडी सनिश श्रेष्ठ अब आधिकारिक रूपमा मछिन्द्र फुटबल क्लब मा आबद्ध भएका छन्। उनले आउँदो २०८२/०८३ राष्ट्रिय लिग लाई लक्षित गर्दै मछिन्द्र एफसीसँग सम्झौता गरेका हुन्।
क्लबले सनिशको आगमनसँगै टिम अझ बलियो बन्ने विश्वास व्यक्त गरेको छ। उनको गति, कौशल र मैदानमा देखाउने प्रतिबद्धताले मछिन्द्र एफसीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
मछिन्द्र एफसी परिवारले सनिशलाई हार्दिक स्वागत गर्दै आगामी सिजनमा उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको छ।
२५ पुस २०८२, शनिवार १०:१३ मा प्रकाशित