सुर्खेत-वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—१३, बस्ने ७० वर्षीया लक्ष्मी लामिछाने रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, मंगलबार पिपिरा चौकबाट धुलायबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ३२७१ नम्बरको मोटरसाइकलले पुरानो ११ नम्बर वडा कार्यालय अगाडि पैदल यात्री लामिछानेलाई ठक्कर दिएको थियो ।
‘घाइते लामिछानेलाई उपचार गर्न प्रदेश अस्पताल लगिएको थियो, उपचारकै क्रममा उहाँको मृत्यु भयो,’डीएसपी बुढ्थापाले रातोपाटीसँग भने ।
उक्त घटनामा मोटरसाइकल चालक २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन् । लेखबेशी नगरपालिका–३ का बस्नेतको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
० माघ २०८२, बुधबार ११:३२ मा प्रकाशित