महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही

khabarhubs.com

काठमाडौँ-नेपाली कांग्रेसले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको छ । 

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पार्टी विधानको धारा १७ र ३४ अनुसार उनीहरूलाई कारबाही गरेको नेता मीन विश्वकर्माले जानकारी दिए । 

उनका अनुसार उनीहरुले विशेष महाधिवेशनका नाममा अनुचित कार्य गरेको भन्दै थापा, शर्मा र मन्सुरलाई कारबाही गर्नुपरेको नेता विश्वकर्माको भनाई छ ।

साथै अन्य सदस्य तथा पदाधिकारीहरूलाई पार्टी काममा फर्कन समेत कांग्रेसले आव्हान गरेको छ । कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिएमा पुनर्विचार हुनसक्ने नेता विश्वकर्माको भनाइ छ । 

विधान धारा ३४ अनुसार १ अनुसार अकस्मात अनुशासनको कारबाही गर्नु परेकोले महामन्त्रीद्धय गगन थापा र विश्व तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको छ’, नेता विश्वकर्माले बैठकपछि जानकारी दिए ।

प्रतिक्रिया