वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि हुन सक्ने भनिएको “दोस्रो चरणको आक्रमण” अन्तिम समयमा आएर रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउस स्रोतका अनुसार पहिलो चरणको सैन्य कारबाहीपछि थप आक्रमणको तयारी भइरहेको थियो। तर क्षेत्रीय सुरक्षा अवस्था, कूटनीतिक दबाब तथा मानवीय संकट गहिरिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ट्रम्पले उक्त योजना तत्कालका लागि रोक्ने निर्णय लिएका हुन्।
राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुरा गर्दै भने,“हामी युद्ध चाहँदैनौँ। भेनेजुएलाको समस्या सैन्य होइन, राजनीतिक र मानवीय समाधानबाटै हल हुनुपर्छ।”
भेनेजुएला सरकारले भने अमेरिकाको यो निर्णयलाई “ढिलो भए पनि सकारात्मक कदम” भन्दै स्वागत गरेको छ। ल्याटिन अमेरिकी क्षेत्रका विभिन्न देशहरूले पनि द्वन्द्व थप नचर्कियोस् भन्ने आशा व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णयले तत्कालका लागि अमेरिका–भेनेजुएला तनाव कम हुने संकेत देखिएको छ। तर दीर्घकालीन समाधान कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय सहकार्यमा नै निर्भर रहने उनीहरूको भनाइ छ।