कुलमान घिसिङ आरएसपीबाट अलग भई पुरानै दलमा फर्किएको

khabarhubs.com

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी निर्वाचनमा जनताको प्रत्यक्ष समर्थन माग्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्।

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बाट अलग भएपछि उनले आफ्नो पुरानै राजनीतिक दल उज्यालो नेपाल पार्टी बाट नै चुनाव लड्ने औपचारिक घोषणा गरेका छन्।

लामो समयदेखि ऊर्जा क्षेत्रमा देखाएको नेतृत्व, पारदर्शिता र परिणाममुखी कामको आधारमा अब देशको समग्र सुशासन, रोजगारी, विकास र भ्रष्टाचारविरुद्धको अभियान संसदबाटै अगाडि बढाउने उनको प्रतिबद्धता रहेको छ।

कुलमान घिसिङले भने,“म कुर्सी होइन, देश बदल्न आएको हुँ। यदि तपाईंहरूले साथ दिनुभयो भने, नेपाल कस्तो हुन सक्छ भन्ने कुरा व्यवहारमै देखाइदिन्छु।”उनको यस निर्णयले नेपाली राजनीतिमा नयाँ बहस सुरु गराएको छ भने उज्यालो नेपाल पार्टीभित्र पनि नयाँ उत्साह थपिएको छ।

अब हेर्न बाँकी छ — जनताले यो ‘उज्यालो यात्रा’ लाई कति बलियो साथ दिन्छन्।

प्रतिक्रिया