शिक्षा क्षेत्रमा दुर्व्यवहार र शोषणविरुद्ध सरकारको कडा कदम, ‘शून्य सहनशीलता’ नीति लागू

khabarhubs.com

काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार, उत्पीडन तथा शोषणविरुद्ध ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति लागू गरेको जनाएको छ।

मन्त्रालयले विद्यार्थीहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्न विशेष संयन्त्र सञ्चालनमा ल्याएको जानकारी दिएको छ। उक्त संयन्त्रमार्फत विद्यार्थीहरूले आफूले भोगेका वा देखेका दुर्व्यवहारका घटनाहरू सिधै उजुरी गर्न सक्नेछन्।

यस्ता गुनासोहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै तत्काल छानबिन गरी आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने बताइएको छ। साथै, उजुरी दिने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने र सुरक्षाको पूर्ण प्रत्याभूति गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले सबै विद्यार्थीहरूलाई निर्धक्क भएर गुनासो दर्ता गर्न आह्वान गर्दै सुरक्षित र मर्यादित शैक्षिक वातावरण निर्माणमा सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

गुनासो दर्ता गर्नका लागि आवश्यक लिंक कमेन्टमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया