काठमाडौं-नेपाल गम्भीर राजनीतिक सङ्कट र दिशाहीनताको अवस्थामा पुगेको ठहर गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका केही केन्द्रीय तथा राष्ट्रिय नेताहरूले पार्टी पुनर्गठन र नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन्।
आज मिति २०८२/१०/१० मा जारी संयुक्त विज्ञप्तिमा दलगत सङ्कीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिले मुलुक र जनतालाई निराश बनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा वर्तमान परिस्थितिमा देश, जनता, विधिको शासन र लोकतान्त्रिक एकताको रक्षा गर्न नयाँ पहल आवश्यक भएको भनिएको छ।
विज्ञप्तिमा भनिएको छ—
“यथास्थितिवादी, विभाजनकारी तथा जनविरोधी राजनीतिबाट अलग हुँदै देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्रा सुरु गरिन्छ।”
उक्त निर्णय राजेन्द्र महतोको नेतृत्वमा रहेको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’सँग सम्बन्धित नेताहरूको सामूहिक छलफलपछि गरिएको जनाइएको छ। केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक कार्यक्रममार्फत थप जानकारी दिइने पनि विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरू
संजय कुमार चौधरी – केन्द्रीय सचिव
संजय कुमार सिंह – केन्द्रीय अनुशासन विभाग अध्यक्ष
#विजय कुमार राय – केन्द्रीय सदस्य
#राजा राम कापर – राष्ट्रिय परिषद सदस्य
#अशोक ठाकुर – केन्द्रीय सदस्य
#संजय गडिया – केन्द्रीय सदस्य
#विजय नायक – राष्ट्रिय परिषद सदस्य
#नितु यादव पासवान – केन्द्रीय सदस्य
#पुनम यादव – समानुपातिक उम्मेदवार
#सरजुन पासवान – केन्द्रीय नेता
#गुले देवी पासवान – समानुपातिक उम्मेदवार
#राम चन्द्र साह – केन्द्रीय सदस्य