अध्यक्षले आज समयमै र साइतमै उम्मेदवारी दर्ता गराए

khabarhubs.com

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षले आज प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। झापा जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका राप्रपा अध्यक्षले सम्बन्धित निर्वाचन आयोगको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,

“समयमै साइतमै उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ। देश बचाउन र बनाउन हलो चिन्हमा मतदान गरौँ।”

उनले मुलुकको वर्तमान राजनीतिक अवस्था, राष्ट्रियता, पहिचान र सुशासनका लागि राप्रपा विकल्प भएको दाबी गर्दै जनताको समर्थनमा आफू विश्वस्त रहेको बताए।

राप्रपा अध्यक्षको उम्मेदवारी दर्तासँगै झापा–३ मा निर्वाचनको माहोल थप तातेको छ।

प्रतिक्रिया