काठमाडौँ- नेकपा (एमाले) सचिवालयको बैठकले धनुषा जिल्लाका चारैवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। यसपटक एमालेले धनुषाका सबै निर्वाचन क्षेत्रमा अनुभवी तथा पुराना नेताहरूमाथि नै भरोसा गरेको देखिएको छ।
सचिवालय बैठकको निर्णयअनुसार धनुषा निर्वाचन क्षेत्र नं. १ बाट रामचन्द्र मण्डल, क्षेत्र नं. २ बाट उमाशंकर अरगरिया, क्षेत्र नं. ३ बाट जुलि कुमारी महतो र क्षेत्र नं. ४ बाट रघुबिर महासेठलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
एमालेले यसपटक धनुषा जिल्लाका सबै निर्वाचन क्षेत्रमा पुराना तथा पार्टीमा लामो समयदेखि सक्रिय नेताहरूलाई अघि सारेको छ। पार्टी संगठन मजबुत बनाउने र अनुभवका आधारमा निर्वाचन जित्ने रणनीतिसहित उम्मेदवार छनोट गरिएको नेताहरूको भनाइ छ।
पार्टी निर्णयसँगै धनुषा जिल्लाको राजनीतिक माहोल तातेको छ भने आगामी निर्वाचनमा एमालेले अनुभवी नेतृत्वमार्फत प्रतिस्पर्धा गर्ने संकेत दिएको छ।