मैदानमा को छ भन्ने होइन, सर्लाही–४ को युवा जोस र अमरेशको आक्रोशले राजनीति तताइरहेको छ।

khabarhubs.com

काठमाडौँ-आक्रामक र निर्भीक शैलीका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेश कुमार सिंह आज युवाहरूको ढुकढुकी बन्दै गएका छन्। सिस्टमलाई सिधै चुनौती दिने उनको अडानमा युवाहरू खुलेर साथ दिइरहेका छन्।

सर्लाही–४ का आदरणीय मतदाता साथीहरूसँग कालिमाटीमा आयोजित जनसंवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. सिंहले देश र जनताको पक्षमा सधैँ अडिग भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका सर्लाही–४ का मतदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. अमरेश कुमार सिंहले आफ्नै क्षेत्रमा पुगेर मतदान गर्न, आफूलाई सर्लाही–४ को जनसेवकका रूपमा चयन गर्न र देशको उज्ज्वल भविष्य निर्माणका लागि साथ दिन मतदाताहरूसँग आग्रह गर्नुभयो।

“म देशका लागि र जनताको आवाजका रूपमा सधैँ काम गर्नेछु। सर्लाही–४ को विकास र जनताको सुख–दुःखमा सधैँ साथ दिनेछु,” उहाँले भन्नुभयो।

कार्यक्रममा सहभागी युवाहरूले परिवर्तनकारी नेतृत्वको आवश्यकता औँल्याउँदै डा. सिंहको स्पष्ट, साहसी र इमानदार राजनीतिक यात्रामा पूर्ण समर्थन जनाएका छन्।

प्रतिक्रिया